आजको मौसम

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

ती प्रणालीको प्रभावले बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो एक घन्टामा नवलपरासी पश्चिमको देउरालीमा २०.८ मिलिमिटर वर्षा भएको छ। पर्वतको पचासेमा ९.६ मिलिमिटर , पाल्पाको बल्ड्याङगढीमा १२.२ मिलिमिटर, चितवनको शक्तिखोरमा २५ मिलिमिटर,डोटीको दिपायलमा १.८ मिलिमिटर, दार्चुलाको गोकुलेश्वरमा ६ मिलिमिटर वर्षा मापन भएको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।