४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रहरीले ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।