शेरबहादुर देउवा पार्टीको कार्यक्रममा सहभागी हुन दाङ आउने

(नेपाल क्राईम)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रममा सहभागी हुन दाङ आउन लागेका छन् ।

शनिबार दंगीशरण गाउँपालिकाको वडा नं. ३ चखौरा बागरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजनमा हुन लागेको थारु सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा चखौरा आउन लागेका हुन् ।

थारु सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्बोधन गर्नेछन् । शनिबार चखौरामा १२ः३० बजे कार्यक्रम हुनेछ ।