अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार मुद्दा दायरसँगै सांसद नेपालको पद स्वत: निलम्बनमा परेको छ।