२२ वर्षीया युवतीमाथि जबरजस्ती करणी

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।