केही महिना बर्दियामा चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भएको थियो।
जेठ १४ गते मात्रै गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
पौने दुई महिनाको प्रयासपछि झन्डै ६ बर्ष उमेरको भाले चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीले बताए।
थारु सामुदायिक वन, गुलरिया नगरपालिका –५ बालापुर वन क्षेत्रमा चितुवा नियन्त्रणमा लिन बाख्रा राखिएको थियो। बाख्रा खान गएको चितुवा बिहान बुधबार बिहान साढे चार बजेतिर पिँजडामा परेको थियो।