कान्ति लोकपथ दुईतर्फी सञ्चालनमा

मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा ग्राभेल र माटो प्रयोग गरी बनाइएको अस्थायी बाटो बगाएपछि अवरूद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ।

वर्षाका कारण खोलाको वहाब बढेपछि शुक्रबार बेलुकी ८ बजेदेखि यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो।

शनिबार बिहानदेखि पौने ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा आइसकेको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्