बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् । उनीहरूको साथबाट करिब ४ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा ४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी बुधबार बिहान पक्राउ गरेको हो ।