२७ग्राम ४३० मिलिग्राम ब्राउनसुगरसहित सरिफ कबाडिया  पक्राउ

बाँके प्रहरीले २७ग्राम ४३० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका—०८का २४वर्षीय सरिफ कबाडिया रहेको एसपि  राम प्रसाद  घर्तीमगरले जानकारी दिए ।गोप्य सुचनाको आधारमा सरिफ कबाडियाले सेतो प्लास्टिकमा पुडिया बनाई राखेको ३ वटा पोका खानतलासी गर्दा ब्राउनसुगर फेला परेको बाँके  प्रहरी प्रमुख  एसपी राम प्रसाद  घर्तीमगरले   जानकारी दिए ।