१५ लाख बराबरको भेप बरामद

मधेस प्रदेशबाट १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।

सर्लाहीको बलरा नगरपालिका-२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका थिए।