रामबहादुर बम्जन कारागार चलान

धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धीकरण मुद्दामा  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो ।