नदीमा बेपत्ता एक जनाको शव फेला

मर्स्याङ्दी नदीमा बेपत्ता एक जनाको शव फेला परेको छ।

जेठ ११ गते लमजुङको बेसीसहर नगरपालिका- ६ खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सप्तरी शम्भुनाथ नगरपालिका- १२ बस्ने २४ वर्षीय नन्द किशोर चौधरीको शव आज फेला परेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।