पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतम रहेको प्रहरीले जानकारी दिएको छ ।

नारायण बन्जाडेले माछा पाल्न भनेर खनेर राखेको पोखरीमा प्रज्ञान बुधबार साँझ ६ बजे पौडी खेल्न पसेका थिए। उद्धारका लागि गएको प्रहरी टोलीले राति १० बजे मात्रै पोखरीमा डुबेका प्रज्ञानलाई बाहिर निकाल्न सकेको रानाले जानकारी दिए ।बालकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको  डीएसपी  रानाले जानकारी दिए ।