(नेपाल क्राईम)
बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट चैत्र १५ गते सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरूको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोबाइल लगायतका सामानहरू समेत बरामद गरेको छ ।