नेपाल सरकारका चार जना सचिवहरूको सरूवा भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरु हरिप्रसाद मैनाली, लोकनाथ पौड्याल, महादेव पन्थ र कृष्ण तिम्सनाको सरुवा गरेको हो ।
स्वास्थ्य मन्त्रालयका मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । मैनालीको ठाउँमा प्रदेशका सचिव महादेव पन्थलाई पठाइएको छ ।राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सिना नियुक्त भएका छन् । त्यस्तै उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् भने शिक्षा सचिव डा. दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।