शुक्रवार रातिदेखि परेको पानीका कारण दाउन्ने सडक खण्ड रूपमा अवरुद्ध भएको छ । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ ।
सडक अवरुद्ध भएपछि राति ११ बजेबाट पूर्व-पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् ।
शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
दाउन्ने सडक खण्ड केही दिनअघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो ।