सीआईबीको डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।

उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउन भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।