खुलेआम दुई महिला  वृद्धामाथि खुकुरी प्रहार

बैतडीमा खुकुरी प्रहारबाट दुई  महिला घाइते भएका छन्।

पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार बिहान  सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले खुकुरी प्रहारबाट उनीहरु घाइते भएको जानकारी दिए।

घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ।घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिए। खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।