(नेपाल क्राईम)
प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका–७ घर भई हाल काठमाण्डुको चण्डोलमा बस्ने २८ वर्षीय चिना कोयी राई रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चण्डोलबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १२ लाख ९१ हजार रुपैयाँ बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै ठगी गरेको उनीमाथि आरोप थियो।