तीव्र गति जीवनको क्षति’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जिल्लाको तिलोत्तमामा वृहत् ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।सिद्धार्थ राजमार्गको शंकरपुर चोकदेखि मणिग्रामसम्म ट्राफिक सचेतनासम्बन्धी वृहत् र्याली तथा सडक दुर्घटना नमूना प्रदर्शन र ट्राफिक नियम सन्देशसहितको नृत्य गरेर बढ्दो सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका कार्यक्रम गरिएको हो । कार्यक्रममा सचेतनामूलक नाटकसमेत प्रदर्शन प्रदर्शन गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटनाबाट वार्षिक रूपमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै न्यूनीकरणका लागि सडक प्रयोगकर्ता र प्रहरीले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रन्जु केसीले सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक प्रहरीले निरन्तर सचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताइन् !