सर्लाहीको  खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच भएको झडपले उग्ररुप लिँदा प्रहरी निरीक्षक इन्स्पेक्टर सहित तीन जना घाइते

सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच भएको झडपले उग्ररुप लिँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन्।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन्।प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको छ।