बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढ तर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोक देखि २०० मिटर उत्तरतर्फको बाटोमा दुर्घटना भएको हो।
आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।