धनगढीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनगढीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइन दुई जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा धनगढी महानगरपालिका-१ बस्दै आएका भारतको उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् ।