अवैधरुपमा काठ ल्याउँदै गरेको ट्याक्टरसहित दुईजना  पक्राउ

(नेपाल क्राईम)

सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्याक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । गएराति अन्दाजी १०ः५० बजे झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मे १ त ४९४७ नम्बरको ट्याक्टरमा इलामबाट झापातर्फ ल्याउँदै गरेको विलविजक पुरा नभएको अन्दाजी रु २ लाख ५० हजार बराबरको १८० क्यु.फिट चिलाउने जातको गोलिया काठ बरामद गरेको थियो ।

काठसँगै सशस्त्र प्रहरीले ट्याक्टर चालक इलाम माई नगरपालिका – ७ बस्ने २२ वर्षीय प्रवीण खड्का र सहचालक इलाम माई नगरपालिका– ८ बस्ने १७ वर्षीय दिवस खड्कालाई नियन्त्रणमा लिएको छ ।