सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति  पक्राउ

(नेपाल क्राईम)

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी रहेका छन् । सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई मंगलबार पक्राउ गरेको हो ।