कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ

(नेपाल क्राईम)

कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट आइतबार फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।हतकडीसहित थुनुवा भागेपछि दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।