(महेन्द्र सिंह )
जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुन महिनामा प्रहरीले बाँकेका विभिन्न स्थानबाट ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्’, उनले भने । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो ।प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो ।