दुई एसपीसहित ८ जना प्राविधिक प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ र १२ गतेको निर्णयअनुसार, दुई जना प्राविधिक प्रहरी नायव उपरीक्षक प्राविधिक प्रहरी उपरीक्षक, चार जना प्राविधिक प्रहरी निरीक्षक प्राविधिक प्रहरी नायव उपरीक्षक र दुई जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका छन् । महानिरीक्षक थापाले पदोन्नति हुने अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।