(नेपाल क्राईम)
नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उनलाई अपराध अनुसन्धानको टोलीले शनिबार साँझ अबेर उनको घरबाटै पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।