(नेपाल क्राईम)
नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए
। आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए ।तर नेपालगन्ज बाँकेको पचपोखरा बाट तस्करी रोकिएको छैन
।बाँकेको पचपोखराबाट सबैभन्दा बढी , चिनी , कपडा , माछा , खसि , फलाम ,कपडा ,काजुबादाम तस्करी हुन गरेको स्रोतले जनाएको छ ।बाँके प्रहरीले घुमुवा हटाएपनि शसस्त्र प्रहरीकाे घुमुवा को सेटिङ्गमा अधिकांश सीमा नाकामा तस्करको रजगज देखिएको छ । लाइन मिलाएपछि नाकामा खटिएका सुरक्षाकर्मीले आँखा चिम्लिदिँदा तस्करहको रजगज चलेको हो ।
बाँकेको मुख्य आई सि पि हुन्दै पचपोखरा नाका हुन्दै तस्करले खुलेआम अवैध सामान भित्र्याइरहेको स्थानीय बताउँछन् । अवैध सामान ल्याउन तस्करलाई नाकामा खटिएका घुमुवाहरुले सघाइरहेको एक प्रत्यक्षदर्शी बताउँछन् ।(रास्स)