(नेपाल क्राईम)
देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ । अन्य क्षेत्रको तुलनामा भन्दा आज लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ ।
हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । मौसमविद् सरोज पुडासैनीले आज धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी दिए ।