हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर जबरालाई स्वास्थ्य समस्या देखाउँदै छाड्ने तयारी

(नेपाल क्राईम)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई स्वास्थ्य समस्या देखाउँदै छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भइरहेको स्रोतले जनाएको छ । जबरालाई उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो ।