(नेपाल क्राईम)
काठमाडौंमा खुकुरी प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नुवाकोट दुईपिपल देउराली- ३ घर भई काठमाडौं बाफल बस्ने २० वर्षीय सुशील तामाङ पक्राउ परेका हुन्।
उनलाई एक थान खुकुरीसहित शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार बिहीबार पौने ६ बजे कलंकी सीता पम्पस्थित सडकमा आपसमा विवाद हुँदा मोरङ कटारी गाउँपालिका-४ घर भई हाल कालिमाटी बस्ने ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोप छ। सोही घटनाको अनुसन्धान गर्न तामाङलाई पक्राउ गरिएको हो।