(नेपाल क्राईम)
नेपाल प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध भएको छ । प्रहरीले सूचना जारी गर्दै प्राविधिक समस्याको कारण वेवसाइट अवरुद्ध हुन पुगेको जानकारी दिएको हो ।
अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति नेपाल प्रहरीले क्षमा याचना गरेको छ ।(रास्स)