(नेपाल क्राईम)
सिमरा प्रहरीले अवैध लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गएराति जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनीस्थित हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकलाई चेकजाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।