(नेपाल क्राईम)
नेपाल प्रहरीले ठूलो मात्रामा अवैध रूपमा ओसारपसार गरिएको विदेशी मुद्रा बरामद गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा क्षेत्रबाट सञ्चालित विशेष अभियान अन्तर्गत एक गाडीबाट डलर र युरो सहित करिब २५ करोड रुपैयाँ बराबरको रकम फेला पारेको हो ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उक्त रकम गाडीभित्र कुशलतापूर्वक लुकाएर राखिएको थियो । प्रहरी टोलीले शंका लागेपछि अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणको अवैध रकम भेटिएको हो । ‘हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ।