पेस्तोल सहित भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)

रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत  नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्। राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको गस्ती टोलीले  भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको थियो।उनको साथबाट अटोमेटिक पेस्तोल १ थान (गोली म्याग्जिन) नभएको, प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान , नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान, हातको बाला २ थान,बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।