नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप

(नेपाल क्राईम)

नवलपरासी  पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । झडपका क्रममा प्रहरीको गाडी नै जलाइएको छ ।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीको समुहबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको गाडी जलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।