विश्वशान्तिको कामना गर्दै नेपालगन्जमा हनुमान् जयन्ती

(बिशाल वैश्य) बाँके

विश्वशान्तिको कामना गर्दै नेपालगन्जमा हनुमान् जयन्ती मनाइएको छ।

 

श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, बाँके  मारवाडी युवा मञ्चलगायत  विभिन्न संस्थाको आयोजनामा बाँके  तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठका हनुमान् जयन्ती मनाइएको हो।

विश्वशान्ति तथा जनकल्याणको कामना  गर्दै हनुमान् जन्मोत्सव मनाउने परम्परा रहेको  श्री रामजानकी हनुमान् मन्दिर सेवा समितिका अध्यक्षले  बताए। हनुमान्लाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ।