(रवि बर्णवाल)
वीरगन्जमा हिन्दु र मुस्लिम समुदायबिच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शनिवार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो।
झडपपछि वीरगञ्जको स्थिति अत्यन्तै संवेदनशील बनेको छ ।झडपको क्रममा केही पसलहरूमा आगजनी भएको छ भने केही स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन् ।
अवस्था नियन्त्रणबाहिर जान नदिन वीरगञ्जका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।