(नेपाल क्राईम)
सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।