मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्र लगायत उपल्लो मुस्ताङमा हिमपात भएको छ । वर्षा भएसँगै गएरातिदेखि मुस्ताङमा हिमपात भइरहेको हो ।
हिमपात भइरहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने मौसम विभागको प्रक्षेपण छ ।