(नेपाल क्राईम)
वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.–११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराती रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् ।
रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं.–११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।