पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस

बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ । यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको हो ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले पाकिस्तानमा आएको भूकम्पको तीव्रता ४ दशमलव ३ रहेको बताएको छ । सोही समयमा, अफगानिस्तानमा भूकम्पको तीव्रता ४ दशमलव ७ थियो ।

पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर तल गएको बताइएको छ । अफगानिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १९३ किलोमिटर तल थियो । भूकम्पबाट के कति क्षति भयो जानकारी आएको छैन ।