ड्रोनबाट पनि निगरानी

(नेपाल क्राईम)

 

१५ गते आज हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।गणतन्त्रवादीले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) र राजावादीले कोटेश्वरको तीनकुनेमा सभा आयोजवना गरेका छन् ।

प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन काठमाडौंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । एसएसपी शेखर खनालका अनुसार    सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्र्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गरिने छ । गर्ने यस्तै, प्रहरीले भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ ।