(नेपाल क्राईम)
मकवानपुरमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएको छ।
शनिबार बिहान ३:१५ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर बजारस्थित पूर्व-पश्चिम सडक खण्डमा बसको ठक्करबाट म्याजिक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका- ४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो।चितवनबाट हेटौडा आउदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बससँग ठोक्किएपछि कोइराला गम्भीर घाइत भएका थिए। उनलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पुर्याएकोमा बिहान ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर सापकोटाले जानकारी दिएका छन्।