पोलमा बाधेर महिलालाई निर्घात कुटपिट

(नेपाल क्राईम)

दाङमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । घोराही उपमहानगरपालिका-१० की २६ वर्षीया शिला चौधरीलाई घोराही-११ चागुका गोपाल चौधरीका श्रीमती र केही स्थानीय महिलाले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

शिलालाई घरभित्र र बाहिर बिजुलीको पोलमा बाँधेरसमेत कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार पीडित शिलालाई गोपालले साँझ आफ्नो घरमा बोलाएका थिए । घरमा बोलाएका बेला उनको श्रीमतीसमेत विभिन्न व्यक्तिले पहिले घरभित्र कुटपिट गरेका थिए ।कुटपिट गरेविरुद्ध प्रहरी कार्यालयमा घटना जाहेरीसमेत दर्ता गरिएको छ । अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिन प्रहरी कार्यालयमा पहल गरिएको बताइन् । घटनाको कारण भने खुल्न सकेको छैन ।