दाङ- राप्ती गाउँपालिका–२ लालमटियास्थित कालिकाचोकमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले गएराती सचिन शाहको घरमा छापा मारेको थियो । सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका अनुसार बताइएको छ ।
प्रहरीले जुवाको खालबाट विभिन्न दरका नेपाली रुपैयाँ एक लाख ४९ हजार सात सय ९५ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।