(नेपाल क्राईम)
नेपाली सेनाका महासेनानी (कर्णेल) प्रशान्तविक्रम राणा सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा सिफारिस भएका छन् ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बाट ७ जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो। सेनामा रिक्त रहेको पदमा उनीहरुको बढुवा गर्ने निर्णय भएको हो।
महासेनानीमा बढुवा हुनेमा प्रमुख सेनानीहरु विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्।