(नेपाल क्राईम)
महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । आगजनी घटनामा दोषी ठहर भई दुई वर्षदेखि कैद भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।
कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा शनिबार राति साढे २ बजेतिर उनको मृत्यु भएको क्षेत्रीले जानकारी दिए ।